कार्तिक महिनामा निक्षेप जम्मा गर्दा धेरै ब्याज दिने बैङ्क कुन कुन छन्? नयाँ ब्याजदर सहित

बुधबार, ०१ कार्तिक २०८०, ०९ : ३४

बैङ्कहरूले सार्वजनिक गरेको ब्याजदर आज कात्तिक १ गतेदेखि अर्थात् आजबाट लागू भएको छ । कात्तिक महिनाका लागि बैङ्कहरूले असोज मसान्तमा नयाँ ब्याजदर सार्वजनिक गरेका थिए।

असोजको तुलनामा कात्तिकमा अधिकांश बैङ्कहरूको ब्याजदर घटाएका छन्। १० वटा वाणिज्य बैङ्कको मुद्दती निक्षेपको ब्याजदर दोहोरो अङ्कमा छ भने १० बैङ्कको एकल अङ्कमा छ। कार्तिक महिनामा प्राइम बैङ्कले व्यक्तिगततर्फ १०.२५ प्रतिशत र संस्थागततर्फ ८.२५ प्रतिशत प्रदान गर्ने छ भने नेपाल एसबिआई  बैङ्कले कात्तिकमा व्यक्तिगततर्फ १०.७ प्रतिशत र संस्थागततर्फ ८.७ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

यो महिनामा निक्षेप जम्मा गर्दा सबैभन्दा धेरै ब्याज एनआईसी एशिया बैङ्क, हिमालयन बैङ्क र एनएमबि बैङ्कले प्रदान गर्ने भएका छन् । कात्तिकमा यी तीन बैङ्कले सबैभन्दा धेरै व्यक्तिगततर्फ ११.००३ प्रतिशत र संस्थागततर्फ ९.००३ प्रतिशत ब्याजदर तोकेका छन् ।

यस्तै, नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क र कुमारी बैङ्कले व्यक्तिगततर्फ १०.०१ प्रतिशत र संस्थागततर्फ ८.०१ प्रतिशत ब्याजदर तोकेका छन् । लक्ष्मी सनराइज बैङ्क, नबिल बैङ्क र ग्लोबल आइएमई बैङ्कले कात्तिकमा निक्षेप जम्मा गर्दा व्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर प्रदान गर्ने छन् ।

यस्तै, माछापुच्छ्रे बैङ्क र सिद्धार्थ बैङ्कले कात्तिकमा व्यक्तिगततर्फ ९.९९ प्रतिशत र संस्थागततर्फ ७.९९ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् ।भने सिटिजन्स बैङ्कले व्यक्तिगततर्फ ९.९६ प्रतिशत र संस्थागततर्फ ७.९६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैङ्कले व्यक्तिगततर्फ ९.५ प्रतिशत र संस्थागततर्फ ७.५ प्रतिशत कायम गरेको हो । 

कृषि विकास बैङ्कले व्यक्तिगततर्फ ९.७६ प्रतिशत र संस्थागततर्फ ७.७६ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् । एभरेष्ट बैङ्क, प्रभु बैङ्क, सानिमा बैङ्क र नेपाल बैङ्कले व्यक्तिलाई ९.२२४ प्रतिशत र संस्थागतलाई ७.२२४ प्रतिशत ब्याज प्रदान गर्ने छन् । त्यसै गरी स्ट्याण्डर्ड चार्टर्ड बैङ्कले व्यक्तिगततर्फ ९.२२ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजदर तोकेको छ । 

बुधबार, ०१ कार्तिक २०८०, ०९ : ३४

प्रतिक्रिया