एनएमबि बैंकलाई २० मिलियन अमेरिकी डलर ऋण प्राप्त

बुधबार, ०१ कार्तिक २०८०, ११ : १६

काठमाडौं-  एनएमबि बैंकले २० मिलियन अमेरिकी डलर ऋण प्राप्त गरेको छ ।

कम्पनीले हरित वित्त प्रवर्द्धन र साना तथा मझौला उद्यमलाई टेवा पुर्‍याउने उद्देश्यले अन्तरराष्ट्रिय साझेदार डच इन्टरप्रेन्युरल डेभलपमेन्ट बैंक  ९एफएमओ० बाट २० मिलियन अमेरिकी डलर बराबरको ऋण प्राप्त गरेको हो ।

कम्पनी र एफएमओ बीचको यो साझेदारीमा  प्राप्त १५ मिलियन अमेरिकी डलर ग्रीन इनिसिएटिभमा केन्द्रित रही वित्तीय कारोबार गर्नका लागि प्राप्त गरिएको र बाँकी रकम साना तथा मझौला उद्यम  विकास र प्रबर्दनको लागि प्राप्त भएको जनाइएको छ।

कम्पनीले हाल देशभरी २०१ वटा शाखाहरुमार्फत सेवा प्रदान गदै आइरहेको छ ।

बुधबार, ०१ कार्तिक २०८०, ११ : १६

प्रतिक्रिया