समृद्धि फाइनान्सको नयाँ सविधा सार्वजनिक

विहीबार, ०२ कार्तिक २०८०, १० : ४८

काठमाडौँ- समृद्धि फाइनान्सले बडा दशैं २०८०को उपलक्ष्यमा  “Samriddhi बाट Recharge अब हुनेछfree charge” योजना ल्याएको छ ।

 यो योजना अन्तर्गत समृद्धि फाइनान्सको मोबाइल बैंकिङ प्रयोग गरी रु. ५०० वा सो भन्दा बढी  रकम TOP UP गर्दा ५ जना भाग्यशाली ग्राहकहरुले100 % Cash Back प्राप्त गर्नेछन् । यो योजना २०८० सालको आश्विन २८ गते देखि कार्तिक ११ गते सम्म लागु हुनेछ । 
  
नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल तेह्र वटा शाखाहरु मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु समेत प्रदान गरिरहेको छ । 

विहीबार, ०२ कार्तिक २०८०, १० : ४८

प्रतिक्रिया