एभरेस्ट बैङ्क लिमिटेडले एक विशेष कार्यक्रमका साथ आफ्नो २९ औँ वार्षिकोत्सव सफल पारेको छ । उक्त अवसरमा बैङ्कले प्रधान कार्यालयमा २५ वर्ष भन्दा बढी सेवा गर्ने कर्मचारीहरूलाई सम्मान तथा संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरू आयोजना गरेको हो।
बैङ्कका २०० भन्दा बढी कर्मचारीहरूका उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा बैङ्कले सेवा अवधिको २५ वर्ष पूरा गरेका २८ जना कर्मचारीहरूलाई बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले विशेष सम्मान गरेका थिए।
बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री कोपिला भ्याली सेवा समाज सुर्खेतलाई ५ लाख रुपैंया आर्थिक सहयोग गरेको छ। पंजाब नेशनल बैङ्क भारत संग संयुक्त साझेदार रहेको यस बैङ्क स्थापना काल देखि नै ग्राहकहरूको पहिलो रोजाइको बैङ्क बनेको सहभागीहरूको भनाई थियो ।
यस बैङ्कको हालसम्म करिब १३ लाख ग्राहकहरू रहेका छन् त्यो सँगै देशै भरी छरिएर रहेको आफ्नो १२७ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालयहरू, १६२ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुविधा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया