सानिमा बैंकको १९ औं वार्षिक साधारणसभा  सम्पन्न

विहीबार, ०२ कार्तिक २०८०, १६ : १२

काठमाडौँ - सानिमा बैंकको १९ औं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ ।

उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्तापूँजीको ९ प्रतिशत बोनस शेयर र ५.७० प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । 

 आर्थिक वर्ष २०७९/८० मा रु.२.६१ अर्ब खुद मुनाफा गरेको कम्पनीको कुल सम्पत्ति २१५.६४ अर्ब रुपैयाँ, कुल निक्षेप १७८.८५ अर्ब रुपैयाँ तथा खुद कर्जा सापटी १४९.८७ अर्ब रुपैयाँ रहेको छ । 

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः १२.५६, ५.७८ र १२.०२ प्रतिशतले बृद्धि गरेको छ । सभा कम्पनीका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।

विहीबार, ०२ कार्तिक २०८०, १६ : १२

प्रतिक्रिया