अमेरिकी डलरसहित अन्य मुद्राको कति छ विनिमय दर ?

शुक्रबार, ०३ कार्तिक २०८०, ०८ : १८

काठमाडौँ-  नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । 

जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९० पैसा र बिक्री दर १३३ रुपैयाँ ५० पैसा रहेको छ। युरो एकको खरिद दर १४० रुपैयाँ ३३ पैसा र बिक्री दर १४० रुपैयाँ ९६ पैसा रहेको छ। 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ १५ पैसा र बिक्री दर १६१ रुपैयाँ ८८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४५ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।  

शुक्रबार, ०३ कार्तिक २०८०, ०८ : १८

प्रतिक्रिया