आशुतोष ईनर्जी लिमिटेडले बोलायो वार्षिक साधारणसभा

शुक्रबार, ०३ कार्तिक २०८०, १२ : १८

काठमाडौँ - आशुतोष ईनर्जी लिमिटेडले आगामी छैटौं वार्षिक साधारणसभा बोलाएको छ ।

कम्पनीको गत कात्तिक १ गते बसेको सञ्चालक समितिको बैठकले काठमाण्डौको नक्सालस्थित लिसेरा रिसेप्सन्समा मंसिर ८ गते अपरान्ह २ बजे सभा गर्ने निर्णय गरेको हो ।सो सभाले १२ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

 साथै सभाले आव २०७९/ ८० मा कम्पनीले कमाएको मुनाफाबाट ३ करोड रुपैयाँ अर्थात् चुक्तापूँजीको ७.५ प्रतिशत करसहितको बोनस सेयर मौजुदा सेयरधनीलाई वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ। यसैगरी,सोही सभाले डाइनामिक हाइड्रो इनर्जीको नाममा रहेको चेपेखोला हाइड्रोपावर क्यासकेड आयोजना खरीद गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

त्यस्तै सभाले कम्पनीको प्रबन्धपत्रको आवश्यक दफा संशोधन गर्ने प्रस्ताव पनि पारित गर्ने  छ ।

शुक्रबार, ०३ कार्तिक २०८०, १२ : १८

प्रतिक्रिया