काठमाडौँ - नेपाल चेम्बर अफ कमर्सले सीजी ब्रुअरीमा बोनशको बिषयलाई लिएर भएको घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको उल्लेख छ ।मुलुकको अर्थतन्त्र शिथिल अवस्थामा रहेका बेला यस्ता कार्यले अधिकांश उद्योग व्यवसायमा थप असर पर्ने पनि उसले बताएकोे छ ।
चेम्बरद्धारा जारी बिज्ञप्तिमा कम्पनीहरु न्युन क्षमतामा संचालन भई अस्तित्व रक्षाका लागि संघर्ष गरिहेको अवस्थामा बु्रअरीमा कार्यरत मजदुरहरूले व्यवस्थापनका अधिकारीहरूमाथि कुटपिट गर्ने, अभद्र व्यवहार गर्ने र औद्योगिक शान्ति खलबल्याउने जस्ता गतिविधि नगर्न भनिएको छ । व्यवस्थापन र मजदुरबीच शान्तिपुर्ण छलफलका माध्यमबाट समस्या समाधान गर्ने बिकल्प छँदाछँदै तोडफोडमा उत्रिनु अशोभनीय भएको चेम्बरले जनाएको छ ।
आफ्ना मागलाई लिएर बार्ता तथा विधिद्धारा समाधानको बाटो रोज्नुको साटो तोडफोडमा उत्रिनु व्यवसायिक वातावरणको प्रतिकुल हुने चेम्बरको ठहर छ । चेम्बरले भनेको छ, ‘देशको समग्र औद्योगिक प्रतिष्ठानहरूको उत्पादन क्षमतामा हाल निकै गिरावट आएको छ । उद्योग कलकारखानामा हुने यस्ता गतिविधीले उद्योगलाई धरासायी हुने र औद्योगिक प्रवद्र्धनमा नकारात्मक असर पर्नेछ । यस्ता खाले गतिविधीले आन्तरिक र बाह्य लगानीलाई समेत गम्भिर असर पर्नेछ, ।’
सीजी ब्रुअरीमा भएको पछिल्लो घटनाले औद्योगिक उत्पादनमा योगदान पुर्याएका उद्यमीहरुलाई भविश्वमा थप समस्यामा पार्ने पनि चेम्बरले सम्वन्धित सवैलाई सजग गराएको छ । औद्योगिक सम्वन्धलाई सुमधुर बनाउन र उश्रृंखल गतिविधि नगर्न÷नगराउन समेत सम्वन्धित पक्षसँग चेम्बरले आग्रह गरेको छ ।
प्रतिक्रिया