सानिमा बैंक र एफवान सफ्ट प्रालिबीच सम्झौता

शुक्रबार, ०३ कार्तिक २०८०, १३ : १९

काठमाडौँ - सानिमा बैंक र एफवान सफ्ट प्रालिको सहकार्यमा सानिमा सजिलो ई–ब्याकिङ सेवा प्रयोगकर्ताका लागि विशेष योजना ल्याएको छ ।उक्त योजना असोज २८ देखि मसिंर ३ गतेसम्म लागू हुने कम्पनीले बताएको छ । 

 जसअन्तर्गत, मोबाइल बैंकिङबाट अधिकतम रकमान्तर कारोबार गर्ने १० जाना ग्राहकहरु बिजेता हुन सक्नेछन्। यसमा सहभागिता जनाउनका लागि ग्राहकहरुले न्युनतम ५०० रुपैयाँको टपअप, १०० रुपैयाँको डाटाप्याक र २०० रुपैयाँको रकमान्तर गर्नुपर्ने छ । 

कम्पनीले समय समयमा ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको बताएको छ । 

कम्पनीको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा एटीएम सञ्चालनमा रहेका छन् । 

 

शुक्रबार, ०३ कार्तिक २०८०, १३ : १९

प्रतिक्रिया