‘मुक्तिनाथ म्युचुअल फन्ड–१’ सञ्चालनमा आउँदै

शुक्रबार, ०३ कार्तिक २०८०, १४ : ३९

काठमाडौँ - मुक्तिनाथ क्यापिटलले ‘मुक्तिनाथ म्युचुअल फन्ड–१’ सञ्चालनमा ल्याउने भएको छ। 

योजना व्यवस्था मुक्तिनाथ क्यापिटलले उक्त म्युचुअलका इकाइहरु निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको हो। 

 सेबोनले अनुमति दिएमा यो योजनाका १ अर्ब रुपैयाँबराबरको इकाइ निष्कासन हुनेछ। जसअनुसार १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ बिक्री खुला गरिनेछ। 
यो बन्दमुखी योजना हो। 

 

शुक्रबार, ०३ कार्तिक २०८०, १४ : ३९

प्रतिक्रिया