भारतकै हाइ पर्फमेन्स इलेक्ट्रीक स्कुटर एथरका उत्पादन नेपालमा

विहीबार, ०९ कार्तिक २०८०, ११ : ५२

काठमाडौं-  भारतकै हाइ पर्फमेन्स इलेक्ट्रीक स्कुटर एथरका उत्पादन नेपालमा १० दिनपछि बिक्री सुरु हुने भएको छ । कम्पनीका स्कुटरले नेपालमा सडक परिक्षण (रोड वर्दिनेस टेष्ट) पास गरिसकेको हो ।

नेपालमा दशैं अगाडि नै यसको टेक्नीकल परिक्षण भएको हो भने अब १० दिनपछि ९सम्भवत नोभेम्बर ५ तारिख० बाट यसको आधिकारीक बिक्री सुरु हुनेछ । बैद्यज् अर्गनाइजेशन अन्तर्गतको बैद्य इनर्जीले नेपालमा बिक्री सुरु गर्न लागेको एथरका उत्पादन भारतमा पनि निकै राम्रो सफलता पाइरहेको ब्राण्ड हो ।

कम्पनीले अहिले भारतमा बिक्रीमा रहेका तीन मोडल नै नेपालमा बिक्री सुरु गर्ने जनाएको छ । एथर ४५० एस, एथर ४५० एक्स सर्ट रेन्ज र लङ रेन्ज मोडल नेपाल आउने कम्पनीको भनाइ छ ।


सिंगल चार्जमा १५० किलोमिटरसम्म रेन्ज दिने यी स्कुटर मूल्यको हिसावले ३ लाख ८० हजारदेखि ४२० हजार रुपैयाँसम्म पर्ने कम्पनी स्रोतको भनाइ छ । यी उच्च क्षमताका स्कुटरको टप स्पीड पनि ९० किलोमिटर प्रतिघन्टासम्म रहेको छ ।

पूर्ण डिजिटल सिस्टममा उपलब्ध एथरका स्कुटरमा टच स्कृन, रिभर्स गियर, हिल होल्ड एसिस्ट जस्ता फिचर छन् । जसले स्कुटर चलाउन निकै सहज बनाउँछ । साथै, ह्याण्डलिङमा पनि यी स्कुटर निकै स्मार्ट रहेका छन् ।

विहीबार, ०९ कार्तिक २०८०, ११ : ५२

प्रतिक्रिया