शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको डिभिडेण्ड इल्ड सबै भन्दा धेरै

विहीबार, ०९ कार्तिक २०८०, ११ : ५९

काठमाडौं- दशैँ अघिसम्म दुई विकास बैंकले लाभांश घोषणा गरेका छन् ।  शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको संचालक समितिको बैठकले १० दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५५ प्रतिशत नगद लाभांश गरी जम्मा ११ दशमलव ०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । त्यस्तै सांग्रिला डेभलपमेन्ट बैंकको संचालक समितिको बैठकले ५  प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश गरी जम्मा ५ दशमलव २६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

दुई विकास बैंकमध्ये पछिल्लो बजार मूल्यको आधारमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको डिभिडेण्ड इल्ड सबै भन्दा धरै देखिन्छ । कम्पनीको पछिल्लो बजार मूल्य ३६७ रुपैयाँ २० पैसाको आधारमा कम्पनीको प्रस्तावित ११ दशमलव ०५ प्रतिशत नगद लाभांशलाई हेर्दा डिभिडेण्ड इल्ड ३ दशमलव ०१ प्रतिशत हुन्छ ।


त्यस्तै सांग्रिला डेभलपमेन्ट बैंकको पछिल्लो बजार मूल्य २९१ रुपैयाँ १० पैसाको आधारमा कम्पनीको प्रस्तावित ५ दशमलव २६ प्रतिशत नगद लाभांशलाई हेर्दा डिभिडेण्ड इल्ड १ दशमलव ८१ प्रतिशत हुन्छ ।

नोट स् कम्पनीको बजार मूल्य र प्रस्तावित लाभांशलाई दाँजेर हेर्दा कुन कम्पनीको लाभांशमा आजको बजार मूल्यमा खरिद गर्दा धेरै प्रतिफल छ भन्नको लागि “डिभिडेण्ड इल्ड”बाट हेर्न सकिन्छ । उदाहरणको लागि कुनै कम्पनीको बजार मूल्य २०० रुपैयाँ छ र त्यो कम्पनीले १० प्रतिशत लाभांश दिँदै छ भने सो मूल्यमा शेयर खरिद गरेर लाभांश खादा ५ प्रतिशतको इल्ड प्राप्त हुन्छ। (अंकित मूल्य एक सय भएको अवस्थामा)

विहीबार, ०९ कार्तिक २०८०, ११ : ५९

प्रतिक्रिया