काठमाडौँ- तनहुँको भिमाद नगरपालिका–५ स्थित मिर्छुलुङमा पाँचौँ मिछुर्लुङ दसैँ पर्यटन मेला आयोजना भएको छ । मिछुर्लुङको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित हरेक वर्षझै यस वर्ष पनि दसैँको अवसर पारेर मेला आयोजना गरिएको हो । तेस्रो नेत्र युवा संस्थाको आयोजनामा वुधबारदेखि शुरु भएको उक्त मेला भोली ११ गतेसम्म हुने भएको छ ।
मेलाकै अवसरमा जुनियर पुरुष भलिबल प्रतियोगितासमेत आयोजना गरिएको छ । मगर जातिको बाहुल्य रहेको मिछुर्लुङको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित मेला आयोजना गरिएको संस्थाका सचिव अमृत थापाले जानकारी दिए । मेलाको अवसरमा मिछुर्लुङ होमस्टे अवलोकन, मिछुर्लुङ भ्यु टावरबाट दृश्यावलोकन, मगर लाफा भिलेजको अवलोकनसमेत गराइने म्ेलाको मुख्य उद्देश्य रहेको जनाएका छनु ।
भलिबल प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु ३० हजार, रु २० हजार र रु १० हजार पुरस्कार प्रदान गरिनेछ । मिछुर्लुङ गाउँका अतिरिक्त यही नजिकै रहेको मगर भिलेज रिसोर्ट पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास भइरहेको छ । उक्त रिसोर्टमा दैनिकजसो आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । मगर भिलेज पर्यटकीय तथा अध्ययन केन्द्रको रुपमा विकास हुन थालेको सञ्चालक राना मगरले जानकारी दिए ।
सञ्चालक रानाका अनुसार प्रकृतिको सुन्दर दृश्यावलोकन, मगरको संस्कार र संस्कृति अध्ययन गर्न आन्तरिक पर्यटक आउने गरेका छन् । रिसोर्टमा ढिकी, जाँतोजस्ता पुराना सामग्री राखिएको छ । अहिलेका पुस्तालाई पुरातात्विक तथा धार्मिक महत्वका सामग्रीबारे बुझाउन विभिन्न सामग्री राखिएको र अहिले त्यही हेर्न विद्यालयबाट पनि विद्यार्थी आउने गरेको उनले बताए।
यहाँ दृश्यावलोकन केन्द्रसमेत बनाइएको छ । ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित यहाँ दृश्यावलोकन स्तम्भ ९भ्युटावर० निर्माण गरिएको हो । देश तथा विदेशमा रहेका नेपालीहरूबाट संकलन गरिएको रकमबाट दृश्यावलोकन स्तम्भ निर्माण सम्पन्न भएको हो । मिछुर्लङमा जन्मेर हाल बेलायतमा रहेका महेन्द्र आलेको परिकल्पनामा दृश्यावलोकन स्तम्भ निर्माण गरिएको थियो ।
कूल रु ३८ लाख चार हजार नौ सयको लागतमा दृश्यावलोकन स्तम्भ निर्माण गरिएको बताइएको छ । मगर समुदायको कौरा, झ्याउरे, प्राङ्गारिक परिकार मिर्छुलुङको विशेषता हो । प्राकृतिक सौन्दर्यले भरिपूर्ण मिर्छुलुङमा झरना पनि छ । उक्त झरनामा एकपटक क्यानोनिङ समेत सञ्चालन गरिको थियो ।
प्रतिक्रिया