टाटा समूहद्धारा भारतमा एप्पलका आइफोनहरु बनाउन सुरु

आइतबार, १२ कार्तिक २०८०, ११ : ०२

काठमाडौँ- भारतीय बहुराष्ट्रिय कम्पनी टाटा समूहले भारतमा एप्पलका आइफोनहरु बनाउन सुरु गर्नेभएको छ ।

समूहले भारतमा एप्पलका आइफोनहरु बनाउन सुरु गर्ने इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्री राजीव चन्द्रशेखरले शुक्रबार बताए । विस्ट्रोन कर्पोरेसनले दक्षिण भारतमा रहेको एक प्लान्ट बिक्री गर्न सहमत भएपछि टाटा इन्डिया पहिलो स्वदेशी आइफोन निर्माता बन्न लागेको हो ।

प्लान्ट स्रोतले गराएको जानकारी अनुसार, कारोबार मूल्य अनुमानित १२ करोड ५० लाख अमेरिकी डलर अनुमान गरिएको छ । चन्द्रशेखरले भने, “टाटा समूहले भारतबाट घरेलु र वैश्विक बजारका लागि भारतबाट आईफोन बनाउन सुरु गर्नेछ ।”
–एजेन्सि
 

आइतबार, १२ कार्तिक २०८०, ११ : ०२

प्रतिक्रिया