फोनपेले हासिल गर्‍यो ऐतिहासिक उपलब्धि

आइतबार, १२ कार्तिक २०८०, १६ : २२

काठमाडौँ- फोनपेले एकै दिनमा १० अर्ब रुपैयाँभन्दा बढी भुक्तानी कारोबारको सफलतापूर्वक सेटलमेन्ट गरी ऐतिहासिक उपलब्धि हासिल गरेको छ। यो उल्लेखनीय उपलब्धि असोज ३० गते भएको कम्पनीले जनाएको छ। 

फोनपे एक युवा कम्पनी हो। एकै दिनमा १० अर्बभन्दा बढीको कारोबार सेटल गर्ने यात्रा रातारात सफल भएको भने पक्कै होइन । २०१९ मा आफ्नो सञ्चालन पछि, फोनपे लगातार नविन सेवा, प्रभाव र पूर्वाधारको सन्दर्भमा अगाडि बढिरहेको छ। लगभग सबै बैंकिङ तथा वित्तीय संस्थाहरूलाई आफ्नो नेटवर्कमा आवद्ब गराउनु चुनौतीपूर्ण काम जस्तो देखिएता पनि फोनपेले आफ्नो सञ्चालनको पहिलो वर्षमा नै यो उपलब्धि हासिल गरेको जनाइएको छ । 

फोनपे नेपालमा पि.टू.यम (व्यक्तिदेखि व्यापारी भुक्तानी) खण्डमा ९९५ र पि.टू.पि (व्यक्तिदेखि व्यक्ति भुक्तानी) खण्डमा ६२५ को बजार हिस्सा लिई देशका अन्य भुक्तानी संचालकहरु मध्य सबैभन्दा अग्रणी स्थानमा रहेको छ। 
यति छोटो समयमा अनुपालन र नियामक आवश्यकताहरूको पालना गर्दै यस्तो बजार प्रभुत्व हासिल गर्नुले कम्पनीको वृद्धि मानसिकतालाई झल्काउँछ र प्रयोगकर्ताहरूलाई सरल, सुरक्षित र तत्काल भुक्तानी समाधानहरू प्रदान गर्ने निरन्तर प्रयासलाई पनि देखाउने जनाइएको छ । फोनपेका सीईओ दिवास कुमारले भने, “यो उपलब्धि हाम्रो लागि ठुलो गर्वको कुरा हो। नेपालमा डिजिटल भुक्तानीलाई सशक्त बनाउने हाम्रो सामूहिक प्रयास फलदायी रहेको अनुभुति भएको छ। हामीले निरन्तर ग्राहकहरुको आवस्यक्तालाई हाम्रो प्रमुख प्राथमिक्तामा राख्दै आएका छौँ जस्को अनुरुप भुक्तानीका समाधानहरुलाई अझै बिस्तार गर्ने लक्ष्य तर्फ हामी अगाडि बढेका छौँ। हाम्रो उपलब्धिहरूको पछाडि स्तम्भ भई हामीलाई साथ दिनु हुने बैँक तथा बित्तिय संस्थाहरु र हाम्रो नियामकहरूलाई धन्यवाद दिन चाहन्छु”। 

आइतबार, १२ कार्तिक २०८०, १६ : २२

प्रतिक्रिया