बीमा अभिकर्ताको अनलाइन परिक्षा कहिले ?

सोमबार, १३ कार्तिक २०८०, ०८ : ३३

काठमाडौं- बीमा अभिकर्ताको अनलाइन परिक्षाको तालिका सार्वजनिक भएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको टेबल अनुासार कात्तिक महिनामा चार दिन परिक्षाको सूची राखेको छ ।

प्राधिकरणका अनुसार पहिलो परिक्षा कात्तिक १७ गते बिहान ११ बजेदेखि १२ः३० बजेसम्म सञ्चालन हुने प्राधिकरणल् जनाएको छ। दोश्रो परिक्षा कात्तिक २० गते, तेश्रो परिक्षा कात्तिक २२ गते र चौथो परिक्षा कात्तिक २४ गते सञ्चालन हुने तालिकामा देखाीइएको छ ।

प्राधिकरणका अनुसार उक्त परिक्षामा १०० जना परिक्षार्थीलाई मात्र सहभागी हुन पाईने भएको छ । डेढ घण्टाको अवधिमा कुल ५० वटा वस्तुगत प्रश्नमध्ये २५ वटाको सही उत्तर चयन गर्नुपर्नेछ। परिक्षा २ अंकको हुनेछ भने १०० पूणांकमा उत्तिर्ण हुने व्यवस्था रहेको छ ।

सोमबार, १३ कार्तिक २०८०, ०८ : ३३

प्रतिक्रिया