स्ट्यान्डर्ड चार्टर्डले गर्यो लाभांश घोषणा

सोमबार, १३ कार्तिक २०८०, १७ : २२

काठमाडौँ - स्ट्यान्डर्ड चार्टर्ड बैंकले लाभांश घोषणा गरेको छ ।कम्पनीको सोमबार अपरान्ह बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९र८० को संचित मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो  ।

 जस अनुसार कम्पनीले  १९ प्रतिशत (करसहित) ले हुन आउने नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ  ।कम्पनीले प्रतिसेयर १९ रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले नगद लाभांश पाउने छन् ।

सोमबार, १३ कार्तिक २०८०, १७ : २२

प्रतिक्रिया