डिजेल र मट्टीतेलको मूल्यमा गिरावट

मंगलबार, १४ कार्तिक २०८०, २० : ५३

काठमाडौँ-  नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगम व्यवस्थापन समितिको बैठकले डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँले घटाउने निर्णय गरेको हो ।

घटेको मूल्य बुधबार बिहान १ बजेदेखि लागु हुने निगमले जनाएको छ ।  भारतीय आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य बढेर आए पनि हाललाई यथावत् राखिएको निगमले जनाएको छ ।n_ELzDgYGe4i

मंगलबार, १४ कार्तिक २०८०, २० : ५३

प्रतिक्रिया