दसैँ–तिहारमा बजारमा नगद प्रवाह बढ्यो

बुधबार, १५ कार्तिक २०८०, १३ : ३०

काठमाडौँ-  मुख्य चाडवार्ड दसैँ–तिहारले बजारमा नगद प्रवाह (करेन्सी ईन सर्कुलेशन) बढ्न पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार असोज मसान्तसम्ममा बजारमा कूल ६ खर्ब ५८ अर्ब ९९ करोड १५ लाख रुपैयाँ नगद प्रवाह भएको छ ।

यो गत असार मसान्तको तुलनामा ३३ अर्ब २० करोड ३६ लाख रुपैयाँले बढी हो ।  २०८० असार मसान्तसम्ममा बजारमा कूल ६ खर्ब २५ अर्ब ७८ करोड ७८ लाख रुपैयाँ नगद प्रवाह भएको थियो । 

खासगरी चाडपर्वका बेला सर्वसाधारण उपभोक्ताहरुले उपभोग्य वस्तुको खरिद बिक्री तथा घरायसी खर्चका लागि बैंकहरुबाट पैसा झिक्दा बजारमा पैसा बढ्न पुगेको हो । 


चाडपर्व सकिएसँगै क्रमशः यी पैसा बैंकिङ च्यानमा फर्किने विश्वास गरिएको छ ।  उसो त अघिल्लो वर्षको यसै समयमा पनि नगद प्रवाह बढ्न पुगेको थियो । 
 

बुधबार, १५ कार्तिक २०८०, १३ : ३०

प्रतिक्रिया