आर्किड गार्डेनलाई महालक्ष्मी बैंकको आर्थिक सहयोग

विहीबार, १६ कार्तिक २०८०, १६ : ०३

काठमाडौँ - महालक्ष्मी विकास बैंक लिमिटेडले  संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पिछडिएका बालबालिकाहरुको अधिकार, कल्याण र स्वास्थ्य सुरक्षित गर्ने  मुख्य  उद्देश्यले  स्थापित  आर्किड  गार्डेन  नेपाल  परियोजनालाई  आर्थिक सहयोग प्रदान गरिएको छ । राउण्ड  टेबल  नेपालसँग समन्वय गरी सो आर्थिक सहयोग गरिएको हो । 
 
विगत १७ बर्ष देखि पिछडिएका बालबालिकाहरुलाई दिवा स्याहार तथा शिक्षा प्रदान गरिरहेको बाल विद्यालयको हालको अवस्था अत्यन्त नाजुक रहेकोले विद्यालयको अवस्था सुधार गरी बालबालिकाको पठनपाठनमा सहजता पु¥याउने उद्देश्यले बैंकले रु। ५०,००० को आर्थिक सहयोग गरेको हो । विद्यालय ग्राउन्ड सतह भन्दा करिब ४ फिट तल रहेको, बर्षायाममा कक्षा कोठामा बाढी पस्ने कारणले विद्यालय बन्द गर्नुपर्ने र सरकारी प्राधिकरणबाट विद्यालय  सुधारका  लागि  सूचना  समेत  आइसकेकोले  आर्किड  गार्डेन  नेपाल  परियोजना  अन्तर्गत  रहि  विद्यालय सुधार गर्न लागिएको हो । ६ महिनादेखि ९ वर्षसम्मका १५० जना बालबालिकाहरुलाई दिवा स्याहार सेवा तथा शिक्षा  प्रदान गरिरहेको विद्यालयले सुधार पश्चात  करिब २०० जना  बालबालिकालाई  सेवा  प्रदान गर्ने सामथ्र्य राख्ने जनाइएको छ । 

 आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने कुरा बैंकले जनाएको छ । 
 

विहीबार, १६ कार्तिक २०८०, १६ : ०३

प्रतिक्रिया