चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्रभु बैङ्कको खुद नाफा बढेको छ । यस अवधिमा खुद नाफा ४६.७० प्रतिशतले बढेर १ अर्ब ३ करोड कायम भएको छ।
गत वर्षको यस अवधिमा बैङ्कले ७० करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको थियो। एक वर्षको अवधिमा बैङ्कको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमशः २९.१५ प्रतिशत र ५१.३२ प्रतिशतले बढेको छ।
यसले गर्दा बैङ्कको नाफा बढ्न टेवा पुगेको छ। प्रभुको चुक्ता पुँजी २३ अर्ब ५४ करोड रुपैयाँ र रिजर्भ कोषमा १० अर्ब ९३ करोड रुपैयाँ रहेको छ। यता, बैङ्कको प्रतिसेयर आम्दानी भने ४ रुपैयाँ ६२ पैसाले घटेर १७ रुपैयाँ ५७ पैसामा झरेको छ। गत वर्ष यसको प्रतिसेयर आम्दानी २२ रुपैयाँ २२ रुपैयाँ १९ पैसा रहेको थियो ।
प्रतिक्रिया