माछापुच्छ्रे बैंकको वित्तीय विवरण सार्वजनिक

शुक्रबार, १७ कार्तिक २०८०, १३ : ०१

काठमाडौँ - माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा बैंकले ५४ करोड २२ रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकको खुद नाफा ४५ करोड ११ लाख रुपैयाँ थियो। यो हिसाबले बैंकको नाफा २०।१८ प्रतिशतले बढेको छ। बैंकको वितरणयोग्य मुनाफा २ करोड ८५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष १ अर्ब ५४ करोड रुपैयाँ थियो। 

यो त्रैमासमा बैंकले ७८ करोड ३५ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा २१.६५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष सञ्चालन मुनाफा ६४ करोड ४० लाख रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा बैंकले १ अर्ब ४१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब ४७ करोड रुपैयाँमा सीमित थियो। यो हिसाबले खुद ब्याज आम्दानी ३.९५ प्रतिशतले घटेको छ। 

बैंकको खराब कर्जा अनुपात (एनपीएल) भने बढेर २.५६ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल १.३० प्रतिशतमा सीमित थियो। खराब कर्जा मेन्टेन गर्न बैंकले इम्पेयरमेन्ट चार्जका लागि १ करोड २२ लाख रुपैयाँ छुट्याएको छ। अघिल्लो वर्ष यस्तो चार्ज २९ करोड ३० लाख रुपैयाँ थियो।पहिलो त्रैमासमा बैंकले १ खर्ब ४८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले १ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २६ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो। 

चुक्तापुँजी ११ अर्ब ६२ करोड रुपैयाँ रहेको बैंकको रिजर्भको आकार ११.२४ प्रतिशतले बढेर ४ अर्ब ९१ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ४ अर्ब ४१ करोड रुपैयाँ रहेको थियो। बैंकको वार्षिकीकरण प्रतिसेयर आम्दानी(ईपीएस) बढेर १८.६६ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १५.५३ रुपैयाँ रहेको थियो। पीई रेसियो ११.०९ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४२.७७ रुपैयाँ रहेको छ। 

 

शुक्रबार, १७ कार्तिक २०८०, १३ : ०१

प्रतिक्रिया