कुशादेवीस्थित नागीडाँडाबाट प्याराग्लाइडिङको व्यावसायिक उडान सुरु

आइतबार, १९ कार्तिक २०८०, ०६ : ४९

काभ्रे पनौती नगरपालिका-२, कुशादेवीस्थित नागीडाँडाबाट प्याराग्लाइडिङको व्यावसायिक उडान सुरु भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले शनिबार प्याराग्लाइडिङको औपचारिक उद्घाटन गरे।

उडानको शुभारम्भ गर्दै मन्त्री किराँतीले प्याराग्लाइडिङ साहसिक खेल-पर्यटन प्रवर्द्धनका लागि कोशेढुंगा सावित हुने बताए। उनले नागीडाँडामा सञ्चालित प्याराग्लाइडिङलाई पर्यटन मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने वचन समेत दिए।

नागरिक उड्डयन प्राधिकरणले फुल्चोकी-कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ सञ्चालन गर्ने अनुमति गत पुस अन्तिम साता नै दिएको थियो। सोही अनुरुप बेलाबेलामा परीक्षण उडानहरु हुँदै आएका थिए।

फूलचोकी एड्भेन्चर प्रालिले सञ्चालनमा ल्याएको प्याराग्लाइडिङ नागीडाँडा टावरबाट उडेर बञ्चरे फाँटमा अवतरण गर्ने व्यवस्था मिलाइएको छ। 

प्याराग्लाइडिङ उडानका लागि प्रतिव्यक्ति ६ हजार ५ सय शुल्क तोकिएको फूलचोकी एड्भेन्चर प्रालिका अध्यक्ष छविलाल हुमागाईंले जानकारी दिएका छन्।

प्याराग्लाइडिङ उडानको शुभारम्भ कार्यक्रममा पूर्वमन्त्री एवं सांसद् गोकुल बाँस्कोटा, संविधान सभा सदस्य रामहरि सुवेदी, सांसद् मीना तामाङ, पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी, उपप्रमुख गीता बञ्जारा लगायतको उपस्थिति थियो।received_360206076573154_mpXlV58Gjo


आइतबार, १९ कार्तिक २०८०, ०६ : ४९

प्रतिक्रिया