संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपालको पर्यटन नेपालीपनकै हुनुपर्ने बताएका छन् ।
काभ्रेपलान्चोकको पनौती नगरपालिका–२ कुशादेवीमा रहेको फुलचोकी एड्भेन्चर प्रालिद्वारा सञ्चालित प्याराग्लाइडिङको व्यावसायिक उडानको शनिवार नागी डाँडामा शुभारम्भ गर्दै उनले प्याराग्लाइडिङबाट एक रोजगार सिर्जना हुने सम्भावना रहेको व्याख्या गरेका छन् ।
उनले भने,“ नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेको छ। यसलाई स्थानीय स्वाद, स्वामित्व र स्थानीयपनसहित व्यवसाय सञ्चालन गर्नुपर्छ। पर्यटनको क्षेत्रमा एड्भेन्चर, कल्चर र नेचर तीन वटा विषयको समायोजनबाट मात्रै पर्यटनको क्षेत्रमा थप विकास हुन्छ ”
सो अवसरमा मन्त्री किराँतीले पनौतीको ऐतिहासिक र सांस्कृतिक स्थल क्षेत्रको अवलोकन गर्नुका साथै अन्य भौतिक संरचनाको विषयमा जानकारी लिएका थिए।
प्रतिक्रिया