काठमाडौँ- मिति २०८० कार्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पबाट ठूलो धनजनको क्षति भएको छ । सानिमा बैंक लि. परिवारले भूकम्पका कारण मृत्यु हुने नागरिकहरु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना तथा घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै विपद्को दुखद घडीमा खोज, उद्धार र राहतका लागि उक्त क्षेत्रमा सहायता पुग्ने गरी बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु. २५,००,०००÷– (अक्षेरेपी रु. पच्चीस लाख मात्र ।) प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने निर्णय गरेको छ ।
सानिमा बंैकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।
प्रतिक्रिया