विदेशी मुद्राको किनबेच बढ्न थाल्यो, कुन देशको विनिमय दर कति छ ? हेर्नुहोस्

मंगलबार, २१ कार्तिक २०८०, ०८ : ०३

नेपाल राष्ट्र बैङ्कले आज कात्तिक २१ गते मङ्गलवारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।

राष्ट्र बैङ्कले  सार्वजनिक गरेको विनिमय दरको तथ्याकं अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८५ पैसा र बिक्री दर १३३ रुपैयाँ ४५ पैसा पुगेको छ। 

त्यसै गरी युरो एकको खरिद दर १४२ रुपैयाँ ८५ पैसा र बिक्री दर १४३ रुपैयाँ ५० पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ८९ पैसा र बिक्री दर १६५ रुपैयाँ ६४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैङ्कले जनाएको छ।

                                                                                               विस्तृतमा हेर्नुहोस् 

मंगलबार, २१ कार्तिक २०८०, ०८ : ०३

प्रतिक्रिया