नेपाल एसविआई मर्चेन्ट बैंकिङ्गको  विशेष अफर सार्वजनिक

मंगलबार, २१ कार्तिक २०८०, ११ : २५

काठमाडौँ- नेपाल एसविआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले चाडपर्वको अवसरमा डिम्याट तथा मेरो सेयर खाता खोल्न निश्चित अवधिका लागि विभिन्न प्रकारका छुटसहितका योजनाहरु सार्वजनिक गरेको छ । 

कम्पनीले यस्ता खाताहरुको सहज पहुँच र सुपथ लागतमा धितोपत्र लगानीका अवसर प्राप्त गर्ने र पूँजीबजारमा सहभागिताका साथै धितोपत्र निस्कासनमा कम्पनीको पूँजी सुनिश्चितता लागि सहयोग हुने बताएको छ ।

जसअनुसार  डिम्याट खाता निस् शुल्क खोलिने छ भने एक वर्षसम्मको डिम्याट तथा मेरो सेयरको नविकरण गर्दा ५० प्रतिशत छुट पाइने छ ।

त्यस्तै, निस् शुल्क डिम्याट खाताका साथै ५ वर्षसम्म डिम्याट तथा मेरो सेयरको नविकरणमा ३७.६३ प्रतिशत छुट दिने बताएको छ ।

परिवार योजना अन्तरगत ३ जनाको डिम्याट तथा मेरो सेयर खोल्दा र नविकरणमा, १ जनाको नि स् शुल्क हुने छ भने ३३.३३ प्रतिशत छुट दिइने  छ।

यस्तै निस् शुल्क डिम्याट खाता र १० वर्ष डिम्याट तथा मेरो सेयरको नविकरणमा ३५.५५ प्रतिशत छुट दिइने  छ। यसैगरी, निस्शुल्क डिम्याट खाता खोली आजिवन नविकरण गरेमा ८०.१४ प्रतिशत छुट दिइने कम्पनीले बताएको  छ।

 

मंगलबार, २१ कार्तिक २०८०, ११ : २५

प्रतिक्रिया