निफ्राले गर्‍यो आफ्ना सेयरधनीहरुलाई लाभांश घोषणा

मंगलबार, २१ कार्तिक २०८०, ११ : ५५

काठमाडौँ- नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश प्रस्ताव गरेको छ। 

निफ्रा सञ्चालक समितिको सोमबार साँझ बसेको बैठकले उक्त आर्थिक वर्षको वित्तीय विवरणअनुसार सञ्चित मुनाफामध्ये वितरणयोग्य मुनाफासमेतबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। 

निफ्रा चुक्तापुँजी २१ अर्ब ६० करोड रुपैयाँको ४.२१०५ प्रतिशतले हुन आउने ९० करोड ९४ लाख ६८ हजार रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ। 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने निफ्राले जनाएको छ। 

 

मंगलबार, २१ कार्तिक २०८०, ११ : ५५

प्रतिक्रिया