राप्ती हाइड्रो एन्ड जनरलले पायो हकप्रद सेयर निष्कासनको स्वीकृति

मंगलबार, २१ कार्तिक २०८०, १२ : २१

काठमाडौँ- राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनले हकप्रद सेयर निष्कासनको प्रस्ताव साधारणसभामा पेस गर्न स्वीकृति पाएको छ। 

विद्युत नियमन आयोगले राप्ती हाइड्रोलाई हकप्रद सेयर निष्कासनको प्रस्ताव साधारणसभामा पेस गर्न स्वीकृति प्रदान गरेको हो। आयोगले गत कात्तिक १९ गते स्वीकृति प्रदान गरेको कम्पनीले जनाएको छ। 

कम्पनीले आयोगसँग चुक्तापुँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव साधारणसभामा लैजान आयोगसँग स्वीकृति मागेको थियो। 

कम्पनीले अब हकप्रद सेयर निष्कासनको प्रस्ताव साधारणसभामा पेस गरी स्वीकृति गर्नेछ। साधारणसभाबाट पारित गरेपछि हकप्रद सेयर निष्कासनको प्रक्रिया कम्पनीले अगाडि बढाउनेछ। 

मंगलबार, २१ कार्तिक २०८०, १२ : २१

प्रतिक्रिया