एलआइसी नेपालले बोलायो साधारणसभा

मंगलबार, २१ कार्तिक २०८०, १३ : १२

काठमाडौँ - लाइफ इन्स्योरेन्स कर्पोरेस (एलआईसी) नेपालले आफ्नो २१ औँ वार्षिक साधारणसभा बोलाएको छ। सभा मंसिर २१ गते ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११ः१५ बजे बोलाएको हो ।

कम्पनीले यस पटक कुनै पनि लाभांश नदिने भएको छ । त्यस्तै, आव २०७८र०७९ को वित्तीय विवरण पारित गर्ने, लेखा परिक्षक नियुक्ती र सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने प्रस्ताव राखिएको छ ।

वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले मंसिर ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ मंसिर १० गतेसम्म कायम सेयरधनीहरुले मात्र कम्पनीको वार्षिक साधारणसभामा भाग लिन पाउनेछन्।

मंगलबार, २१ कार्तिक २०८०, १३ : १२

प्रतिक्रिया