के हो विनिमय दर भनेको ? आज कुन देशको बिनिमयदर कति छ ?

बुधबार, २२ कार्तिक २०८०, ०८ : २२

सरल भाषामा भन्दा दुई फरक मुद्रालाई एक–अर्कोसँग विनिमय गराउन निर्धारित हुने निश्चित भाउ वा दरलाई विनिमय दर भनिन्छ । सिद्धान्ततः एउटै वस्तुको विक्री मूल्य फरक फरक देशमा पनि एकै हुनुपर्छ। किनकि, एउटा देशको मुद्राको जन्मसिद्ध मूल्य अर्को देशकोसँग व्यवस्थित गर्ने काम विनिमय दरले गर्छ ।

एउटा मुद्रालाई अर्को मुद्रासँग विनिमय गर्ने दुई तरीका छन् । एउटा फिक्ष्ड-पेग्ड रेट (स्थिर विनिमय दर) र अर्को फ्लोटेड रेट (परिवर्तित विनिमय दर) । विनिमय दरको निर्धारण र व्यवस्थापन गर्ने काम हरेक राज्यको केन्द्रीय बैङ्कले गर्छ । विश्वका प्रमुख मुद्राको मूल्यको आधारमा विनिमय दरको निर्धारण गरिएको हुन्छ। स्थानीय विनिमय दर निर्धारण गर्न, केन्द्रीय बैङ्कले वैदेशिक विनिमय बजारमा आफ्नो मुद्राको खरिदबिक्री गर्ने गर्छ ।  

परिवर्तित विनिमय दर बजारको माग र आपूर्तिको आधारमै निर्धारण हुन्छ । यस्तो दरलाई अर्को शब्दमा ‘सेल्फ करेक्टिङ’ अर्थात् आफै सच्चिने दर पनि भन्न सकिन्छ । किनभने, बजारको आपूर्ति र मागमा आउने विविधताले यस्तो दर आफै सच्चिन्छ । वास्तविकतामा कुनै पनि मुद्रा पूर्णतः स्थिर वा परिवर्तित भइरहँदैन । स्थिर दर कायम गरिएको राष्ट्रमा बजारको दबाबले कहिलेकाहीँ यस्तो दर परिवर्तन गर्न पनि बाध्य बनाउन सक्छ ।

परिवर्तित दर कायम गरिएको राष्ट्रमा समेत कहिलेकाहीँ केन्द्रीय बैङ्कले स्थिरता कायम गर्न र मुद्रास्फीति कम गर्न बजारमा हस्तक्षेप गर्न सक्छ । यद्यपि, विश्व परिवेशमा केन्द्रीय बैङ्कहरूले बिरलै यस्तो कार्य गरेको पाइन्छ।  नेपाल राष्ट्र बैङ्कले आज बुधवार विभिन्न मुलुकहरूको मुद्रा बिनिमयदर विवरण सार्वजनिक गरेको छ। 

राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर १ को १३२ रुपैयाँ ९२ पैसा खरिददर रहेको छ भने बिक्रीदर १३३ रुपैयाँ ५२ पैसा रहेको छ ।  यस्तै गरी युरो १४२ रुपैयाँ ०८ पैसा, अस्ट्रेलियन डलर ८५ रुपैयाँ ३७ पैसा, क्यानेडियन डलर ९६ रुपैयाँ ६९ पैसा, सिंगापुरे डलर ९८ रुपैयाँ ११ पैसा रहेको छ ।
 
यस्तै गरी जापानी येन १० को ८ रुपैयाँ ८४ पैसा, चाइनिज युआन १ को खरिददर १८ रुपैयाँ २५ पैसा रहेको छ। 

 

Fixed By Nepal Rastra Bank

 

Currency Unit Buy Sell

 

INR (Indian Rupee)

100 160.00 160.15

Open Market Exchange Rates (For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell

USD (U.S. Dollar)

1 132.92 133.52

EUR (European Euro)

1 142.08 142.73

GBP (UK Pound Sterling)

1 163.55 164.29

CHF (Swiss Franc)

1 147.75 148.42

AUD (Australian Dollar)

1 85.37 85.75

CAD (Canadian Dollar)

1 96.69 97.12

SGD (Singapore Dollar)

1 98.11 98.55

JPY (Japanese Yen)

10 8.84 8.88

CNY (Chinese Yuan)

1 18.25 18.33

SAR (Saudi Arabian Riyal)

1 35.43 35.59

QAR (Qatari Riyal)

1 36.51 36.67

THB (Thai Baht)

1 3.74 3.75

AED (UAE Dirham)

1 36.19 36.35

MYR (Malaysian Ringgit)

1 28.45 28.58

KRW (South Korean Won)

100 10.14 10.19

SEK (Swedish Kroner)

1 12.14 12.20

DKK (Danish Kroner)

1 19.05 19.14

HKD (Hong Kong Dollar)

1 17.00 17.08

KWD (Kuwaity Dinar)

1 430.37 432.31

BHD (Bahrain Dinar)

1 352.51 354.10

 

बुधबार, २२ कार्तिक २०८०, ०८ : २२

प्रतिक्रिया