जसिन्द्र श्रीपाली

आहा सुन्दर ढोरपाटन (तस्बिरमा हेर्नुहोस्)

१ महिना अगाडि

नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन पर्यटकीय हिसाबले पनि निकै चर्चित ठाउँ हो। यहाँ आन्तरिकसँगै बाह्य पर्यटकको समेत आगमन हुने गर्दछ ।  विदेशी पर्यटक वर्षको दुई पटक यहाँ शिकार गर्नका लागि वा घुमफिर गर्नका लागि आउनेगर्दछन् भने आन्तरिक पर्यटक बाह्रै महिना पुग्ने गरेको स्थानीयको भनाई छ। 

विदेशी पर्यटक असोजदेखि मङ्सिर र फगुनदेखि वैशाखका बिचमा सिकार खेल्नका लागि मात्रै आउने गर्छन् भने आन्तरिक पर्यटक हिउँदमा हिउँ खेल्न र बर्खामा गर्मी छल्न ढोरपाटन पुग्ने गरेको स्थानीय व्यवसायी बताउँछन्।

स्थानीयवासी, गोठाला, सिकार आरक्षमा कार्यरत कर्मचारीलाई थाहा भएको तर धेरै प्रचार र पहुँचमा नभएको फागुने लेक, गार्पा लेक, जलजला, निसेल ढोर क्षेत्र ओझेलमा परेका छन्। करिब चार हजार मिटरको उचाइमा रहेका उक्त बुकी क्षेत्र धौलागिरि, अन्नपूर्ण लगायतका दर्जनौ हिमशृङखला नजिकबाट अवलोकन गर्नको लागि उपयुक्त क्षेत्र हुन ।

                                                                                        तस्बिरमा हेर्नुहोस् ढोरपाटन

363522910_1380214009572346_6419646260444088369_n366758534_3721392298186332_2213638251275710866_n368023387_690916749661388_6542643816122824006_n368666530_213665908418235_5401166561781153190_n370321834_816308090295715_8950108380711327817_n371513137_1304375580217437_4698771976658933282_n371514884_330509576367798_3783492048921985542_n371543332_927313882144680_8337947133003663509_n385531295_722586572551754_8710600864809855197_n385534378_320530240717538_2949539037805211270_n385535553_714186997329231_5487458282674133303_n387482874_623058106466307_1453472582416159501_n387483094_1361287924499936_31642102884882605_n387566189_1355557255062194_4547308452906205845_n

 

१ महिना अगाडि

प्रतिक्रिया