सिनोगोल्ड र गेटोर ब्रान्डका विद्युतीय कार नेपाल भित्रिँदै

बुधबार, २२ कार्तिक २०८०, ०९ : ४४

नेपाली बजारमा चिनियाँ ब्रान्ड एकपछि अर्कोगरि  भित्रिएको छ ।  चिनियाँ ब्रान्डका थप नयाँ दुई ब्रान्डका विद्युतीय कार नेपाली बजारमा आउने तय भएको छ। 

प्रतिष्ठित व्यावसायिक घरानाले ल्याउन लागेका यी दुई ब्रान्ड विशाल समूह सवारी ब्रान्ड नेपाल ल्याउनमा निकै आक्रामक छ। समूहले नयाँ ब्रान्ड सिनोगाल्डका विद्युतीय कार ल्याउन उत्पादक कम्पनीसँग सम्झौता गरिसकेको छ। 

त्यस्तै दुगड समूहले चेरी ब्रान्ड अन्तर्गतको सवब्रान्ड गेटोरका विद्युतीय कार नेपाली बजारमा ल्याउने तय भएको हो। यसअघि जापानी ब्रान्ड निसान बिक्री गर्दै आएको दुगड समूहले उक्त ब्रान्डको आधिकारिक बिक्रेता गुमाएको थियो। 

त्यस्तै दुगडले दुईपांग्रे सवारी ब्रान्ड रोयल इनफिल्ड र भेस्पा अप्रिलियासमेत गुमाइसकेको छ। प्रिमियम सेगमेन्टमा राम्रो बजार हिस्सा बनाउन सफल रोयल इनफिल्ड ब्रान्ड त्रिवेणी समूहले दुगडबाट खोसेको हो। रोयल इनफिल्ड गुमाएको केही समयपछि दुगडले इन्डोनेसियाको गेसिस ब्रान्डको विद्युतीय स्कुटर ल्याएको थियो। त्यसपछि कम्पनीले चिनियाँ चारपांग्रे ब्रान्ड गेटोरका विद्युतीय एसयूभी नेपाल ल्याउन सम्झौता गरेको हो। 

गेटोर र दुगड समूहबिच केही महिनाअघि नै सम्झौता भएको थियो। बजारको अवस्था सामान्य नभएको र तयारीको काम भइरहेकाले अबको केही महिनामा गेटोरका विद्युतीय कार आउने छन्।  त्यस्तै विशाल समूहले म्याक्सस लगायत केही चिनियाँ ब्रान्डका सवारी बिक्री गर्दै आएको छ। अब उक्त समूहले सिनो गोल्डका विद्युतीय कार नेपाल भित्र्याउने भएको छ। 

बुधबार, २२ कार्तिक २०८०, ०९ : ४४

प्रतिक्रिया