सगरमाथा क्षेत्रमा १ अर्ब हाराहारी लगानी लाग्ने ५ होटेल थप गर्दै आङछिरिङ शेर्पा

१ महिना अगाडि

बढ्दो पर्यटक सङ्ख्या मध्यनजर  गर्दै एसियन ट्रेक्सका अध्यक्ष आङछिरिङ शेर्पाले सगरमाथा क्षेत्रमा थप ५ वटा होटेल निर्माण गर्ने भएका छन्।
 
साहसिक पर्यटन ९एडभेन्चर टुरिज्म० का लागि आउनेलाई लक्जरी सुविधा दिने उद्देश्यसाथ सगरमाथा क्षेत्रमा थप ५ होटेल बनाउन लागिएको शेर्पा नजिक श्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार एस्ट्रिक ग्रुपमार्फत लगानी विस्तार गरिरहेका शेर्पाले पछिल्लो समय नेपाल भ्रमण गर्न आउने पर्यटकले लक्जरी होटेल तथा रिसोर्ट खोजी गर्ने क्रम बढेकाले उनीहरूकै सुविधाका लागि करिब ५ अर्ब लगानीमा ती होटेल निर्माण गर्न लागेको बताएका छन्। 

शेर्पाले खुम्बु क्षेत्रमा मात्र अहिले ५ होटेल सञ्चालन गरिरहेका छन्। ती होटलको पनि स्तरोन्नति गरेर एकै प्रकृतिको बनाउने काम समेत सुरु भइसकेको छ । ३० वर्षअघि नै निर्माण भएर सञ्चालनमा रहेका ती होटेल पनि खुम्बु क्षेत्रका सबैभन्दा उत्कृष्ट  मानिन्छन् । 

शेर्पाको प्रमुख लगानी रहेको ललितपुर लाकुरी भञ्ज्याङस्थित द टेरेसेस रिसोर्ट लक्जरी ब्रान्ड हो। यही प्रकृतिको सुविधासम्पन्न होटेल खुम्बु क्षेत्रमा जाने पर्यटकलाई उपलब्ध गराउन भन्दै शेर्पाले केही वर्ष अघिदेखि नै तेङ्बोचे र फाक्दिङमा होटेल निर्माण गरिरहेका छन्। 

दुवै ठाउँको होटेल एक वर्षभित्र निर्माण पूरा गरी सञ्चालनमा ल्याउने हिसाबमा काम अगाडि बढिरहेको शेर्पा निकट स्रोतको जानकारी छ। ती दुवै होटेल प्रत्येकमा २८ कोठा हुनेछन्। सुरुमा हिमालयन इको चेन होटेलका नाममा सञ्चालित होटेलहरूका नामसमेत परिवर्तन गरी अहिले ‘हिमालय इको होटेल’ बनाइ सञ्चालन तथा निर्माण भइरहेका छन्। 

स्रोतको अनुसार जग्गासहित एउटा होटेल निर्माणका लागि करिब १ अर्ब हाराहारी लगानी हुनेछ। हिमाली क्षेत्रमा होटेल खोल्नका लागि धेरै महँगो र दुःख हुने उनको अनुभव छ। ‘अहिले निर्माण भएका संरचना भविष्यमा बढाउन मिल्ने गरी बनाइएको छ,’। 

शेर्पाको लगानीमा काठमाडौँ चाबहिलमा आमादब्लम होटेलसमेत सञ्चालनमा छ। योसहित निर्माण चरणमा रहेका दुई गरी पाँच वर्षभित्र १३ होटेल शेर्पाको स्वामित्वमा हुनेछ। 

 

१ महिना अगाडि

प्रतिक्रिया