डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको  नाफा घट्यो, खुद नाफा कति ?

विहीबार, २३ कार्तिक २०८०, ०८ : ११

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले ८ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। 

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.९६ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ९ करोड ९१ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको थियो। लघुवित्तको खुद ब्याज आम्दानी ०.५३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी १९.५३ प्रतिशत बढेको छ। त्यसै गरी, लघुवित्तको अन्य सञ्चालन आम्दानी ०.२९ प्रतिशत बढेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। लघुवित्तको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ५३ पैसा घटेर २२ रुपैयाँ ७६ पैसामा झरेको छ। असोज मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्क २२१ रुपैयाँ १६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३१.१९ गुणा रहेको छ।

१ अर्ब ५५ करोड १० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब ८७ करोड ९३ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तको जगेडा कोष समीक्षा अवधिमा २.७९ प्रतिशत बढेको हो। 

विहीबार, २३ कार्तिक २०८०, ०८ : ११

प्रतिक्रिया