इतिहासमै पहिलो पटक बोर्डले वित्तीय विवरण समयमा पेश नगर्ने ८८ सूचीकृत कम्पनीलाई धितो पत्र बोर्डले स्पष्टीकरण सोधेको छ ।
समयमा गत आवको र चालु आवको पहिलो त्रैमासको वित्तीय विवरण नबुझाएको भन्दै बोर्ड सञ्चालक समितिको बैठकले ८८ कम्पनीलाई पहिलो चरणमा स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। धितो पत्र बोर्डले साउन ११ गते समयमा नै वित्तीय विवरण प्रकाशित गर्न आह्वान गरेको थियो ।
समयमा नै बोर्डमा बुझाउनु पर्ने विवरण नबुझाउने कम्पनीलाई पत्राचार गरेको १५ दिनमा जवाफ नपठाएको खण्डमा बोर्डले धितो पत्र ऐन अनुसार जरिवाना तिराउन सक्ने व्यवस्था रहेको छ। समयमा नै वित्तीय विवरण पेश नगर्ने कम्पनीहरूलाई बोर्डले मङ्गलवार पत्र-चार गरिसकेको छ ।
धितो पत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को अनुसूची १४ मा विवरणहरू त्रैमासिक अवधि समाप्त भएको तीस दिनभित्र बोर्ड समक्ष पेश गर्ने र त्यस्तो प्रतिवेदन राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने व्यवस्था गरेको छ ।
प्रतिक्रिया