गणपति लघुवित्तको खुद ब्याज आम्दानी २०.२३ प्रतिशतले घट्यो

विहीबार, २३ कार्तिक २०८०, ०९ : १९

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा गणपति लघुवित्तको खुद नाफासँगै प्रतिसेयर आम्दानी समेत घटेको छ । 

 त्रैमासको यस अवधिमा खुद नाफा ५८.२०५ ले घटेर २८ लाख ८१ हजार रुपैयाँमा आएको छ । अघिल्लो वर्षको यस अवधिमा यसले ६८ लाख ९२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। यस अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले खुद नाफा प्रभावित भएको हो ।

खुद  ब्याज आम्दानी २०.२३% ले घटेर २ करोड ८४ लाख २४ हजार रुपैयाँमा आएको छ । अघिल्लो वर्षको यस अवधिमा यसले ३ करोड ५६ लाख ३४ हजार रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको थियो ।

सञ्चालन नाफा ५८.२१५ ले घटेर ४१ लाख १५ हजार रुपैयाँमा सीमित भएको छ । यता, खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ .। प्रतिसेयर आम्दानी १० रुपैयाँ ५९ पैसाले घटेर ७ रुपैयाँ ६ पैसामा सीमित भएको छ।  

data

विहीबार, २३ कार्तिक २०८०, ०९ : १९

प्रतिक्रिया