नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ललितपुरको देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट रकम हिनामिनामा परेका बचतकर्तालाई सम्पर्कमा आएर जाहेरी दिन आग्रह गरेको छ।प्रहरीले उजुरी दिनका लागि शुक्रवारसम्मको समय सीमा तोकेको छ ।
केही पीडित उजुरी लिएर आएका र उनीहरूको उजुरी दर्ता भएको जानकारी गराउँदै सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले रकम प्राप्त गर्न नसकेका भए जाहेरी दिन बचतकर्तालाई आग्रह गरेका छन् । उक्त सहकारीबाट अहिलेसम्म झन्डै रु ५० करोड बिगो बराबरको रकम हिनामिना भएको भनी जाहेरी परेको छ।
जाहेरीका आधारमा तीन जनालाई पक्राउ गरिएको उनको भनाई छ । निक्षेपकर्ता सदस्यले ललितपुरको सात दोबाटोमा केन्द्रीय कार्यालय रही भक्तपुर र काठमाडौँको सेवा केन्द्रमार्फत समेतमा बचत तथा मुद्दती खाता खोली जम्मा गरेको रकमको साँवा तथा ब्याज समयावधि सकिँदासमेत पनि फिर्ता नपाएको भनी जाहेरी दरखास्त पेश भएको प्रहरी उपरीक्षक अधिकारीले भनाई छ ।
उक्त रकम हिनामिना कसुरको जाहेरी दर्ता गरी ब्युरोबाट अनुसन्धान कार्य भइरहेकाले आवश्यक अनुसन्धानका लागि पनि पीडित बचतकर्तालाई सम्पर्कमा आउन अनुरोध गरिएको हो ।
प्रतिक्रिया