भाटभटेनीले गर्यो ४ लाख २० हजार केजी चामल सहयोग

विहीबार, २३ कार्तिक २०८०, १५ : ५७

काठमाडौँ - भाटभटेनी सुपरमार्केटले ४ लाख २० हजार केजी चामल राहतस्वरुप भूकम्पपीडितहरूका लागि रुकुम पश्चिम पठाएको छ । मुख्य परिचालन अधिकारी पानु पौडेलका अनुसार ४० लाख रुपैयाँ बराबरको चामल भूकम्प प्रभावित क्षेत्रमा पठाइएको हो ।

 पौडेलका अनुसार सो चामल  रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरिएको छ । राहतको चामल भूकम्पबाट प्रभावित सानी भेरी गाउँपालिका, आठबीसकोट नगरपालिका र चौरजारी गाउँपालिकामा वितरण गरिनेछ । यही परिणामको चामल शनिबार जाजरकोट पुर्‍याइने पौडेलले  बताए ।

 यसअघि सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले भूकम्प पीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँको चेक हस्तान्तरण गरिसकेका छन् ।

विहीबार, २३ कार्तिक २०८०, १५ : ५७

प्रतिक्रिया