फेरी बढ्यो अमेरिकी डलरको भाउ, अन्य देशको मुद्रालाई कति पर्ला ?

शुक्रबार, २४ कार्तिक २०८०, ०९ : २६

 नेपाल राष्ट्र बैङ्कका अनुसार आज शुक्रवार अमेरिकी डलरको भाउ बढेको छ । बिहीबार एकको खरिदमा १३२ रुपैयाँ ९४ पैसा र बिक्रीमा १३३ रुपैयाँ ५४ पैसा रहेको अमेरिकी डलरको भाउ आज बढेर खरिदमा १३२ रुपैयाँ ९६ पैसा र बिक्रीमा १३३ रुपैयाँ ५६ पैसा पुगेको छ । 

युरोपियन युरोको भाउ पनि बढेको छ । यसअघि एकको खरिद दर १४१ रुपैयाँ ७८ पैसा र बिक्री दर १४२ पैसा ४२ पैसा रहेको युरोलाई आज खरिदमा १४२ रुपैयाँ १ पैसा र बिक्रीमा १४२ रुपैयाँ ६६ पैसा पर्नेछ। 

त्यस्तै, युके पाउन्ड स्टर्लिङ एकको खरिदमा १६२ रुपैयाँ ९८ पैसा र बिक्रीमा १६३ रुपैयाँ ७२ पैसा रहेको छ । यसै गरी अस्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ०१ पैसा र बिक्री दर ८५ रुपैयाँ ४० पैसा र  क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ३७ पैसा र बिक्री दर ९६ रुपैयाँ ८० पैसा तोकिएको छ । 

Binimaya.JPG

शुक्रबार, २४ कार्तिक २०८०, ०९ : २६

प्रतिक्रिया