हिमालयन एभरेष्ट ईन्स्योरेन्सको तालिम कार्यक्रम सम्पन्न हुदैँ

शुक्रबार, २४ कार्तिक २०८०, १२ : २३

काठमाडौँ - हिमालयन एभरेष्ट ईन्स्योरेन्स लि. को दाङको घोराहीमा कृषि , पशुपक्षी तथा जडीबुटी बीमा तालिम संचालन गरेको छ । कम्पनीको केन्द्रिय कार्यालय, काठमाडौँका कृषि, पशुपक्षी तथा बीमा प्रमुख मनोहर अधिकारी तथा कम्पनीका कृषि विज्ञ सोनु कंडेल तथा कम्पनीका लुम्बीनी प्रदेश प्रमुख शंकर श्रेष्ठको समेत संलग्लना तथा सक्रियतामा यहि मिति २०८० कार्तिक २२,२३ र २४ सम्म तालिम कार्यक्रम हुने बताइएको छ ।

नेपाल बीमा प्राधिकरणको कृषि तथा पशुपक्षी बीमालाई कृषकहरु समक्ष पुर्याउने उद्धेश्य अनुरुप संचालित उक्त कार्यक्रमलाई कम्पनीका तुल्सीपुर शाखाका शाखा प्रमुख राजकुमार बस्नेतले संयोजन गर्नुभएको थियो भने कम्पनीका घोराही शाखा प्रमुख लोकराज पराजुलीले सहजीकरण गर्नुभएको थियो ।  कम्पनीले आफ्नो वार्षिक कार्यक्रममा नै यस्ता तालिमहरु देश व्यापीरुपमा संचालन गर्ने लक्ष्य लिएको जनाएको छ ।

शुक्रबार, २४ कार्तिक २०८०, १२ : २३

प्रतिक्रिया