नेपालको पहिलो इलेक्ट्रिक सवारी एप ‘ई-ड्राइभ’ सञ्चालनमा

७ महिना अगाडि

काठमाडौँ - नेपालमा पहिलो पटक इलेक्ट्रिक सवारी साधनलाई समेटेको राइड शेयरिङ एप ‘ई-ड्राइभ नेपाल’ सञ्चालनमा आएको छ। ई-ड्राइभ नेपाल कम्पनी प्रालिले १४ करोड रुपैयाँको लगानीमा इलेक्ट्रिक ट्याक्सी र स्कुटरबाट सेवा शुरु गरेको हो।  अन्य सेवाभन्दा सस्तो, नयाँ गाडी, दुर्घटना बीमा, ओपीटी र जीपीएस प्रणाली जडान गरी निकै सुरक्षित प्रविधिका साथ सञ्चालनमा ल्याइएकोले ई-ड्राइभ नेपाल एप सेवाग्राहीको आकर्षण हुने कम्पनीले जनाएको छ। 

 बिहीबार नेकपा (एमाले) सांसद महेश वर्तौलाले रिवन काटेर तथा बाग्मती प्रदेशका उपसभामुख अप्सरा चापागाँई र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हरियो झन्डा फहराएर ई-ड्राइभ एप र ट्याक्सी सेवाको उद्घाटन गरेका छन् ।उक्त अवसरमा साँसद बर्तौलाले इलेक्ट्रिक्स गाडिको प्रयोगले नेपालको विद्युतको खपत हुने, वातावरण संरक्षण हुने र पेट्रोलको खरिदमा अर्बौं रुपैयाँ विदेशिनबाट जोगिने बताए ।

सेवा उद्घाटनपछि ५२ वटा नयाँ इलेक्ट्रिक्स ट्याक्सीले टुंडिखेलको एक चक्कर लगाएको थियो।हाल कम्पनी २० वटा ट्याक्सी सञ्चालनमा ल्याइसकेको छ भने थप १०० वटा ट्याक्सी सञ्चालन गर्ने तयारीका लागि खरिद प्रक्रिया अन्तिम चरणमा पुगिसकेको बताएको छ ।साथै ई-ड्राइभको अभियानमा नेपालमा रहेका अन्य इलेक्ट्रिक सवारी साधनहरू पनि क्रमशःजोडिंदै जाने कम्पनीले जनाएको छ।कम्पनीका अध्यक्ष राजेश मास्केले सेवाग्राहीलाई सुविधासहित सुरक्षित रूपमा गन्तव्यमा पुर्‍याउनु ईड्राइभ नेपालको उद्देश्य रहेको बताए । 

७ महिना अगाडि

प्रतिक्रिया