एभरेष्ट बैंकको सञ्चालक समितिको अध्यक्षमा वैद्य

शुक्रबार, २४ कार्तिक २०८०, १६ : ३४

 काठमाडौँ -  एभरेष्ट बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा डा.बालगोपाल वैद्य चयन भएका छन् । सञ्चालक समितिका सदस्य रहेका डा। वैद्यलाई सञ्चालक समितिको अध्यक्ष नियुक्त गरिएको बैंकले जनाएको छ ।

साथै उनले शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर समक्ष पद तथा गोपनियताको शपथ लिएका छन् ।  विगत २० वर्षदेखि बैंक सञ्चालक समिति सदस्य रहेका डा। वैद्य लामो समयदेखि अर्थ विज्ञका रुपमा समेत परिचित छन् । राष्ट्रिय योजना आयोगका पूर्व सदस्य रहिसकेका डा. बालगोपाल वैद्यले फिलिपिन्सबाट अर्थशास्त्र विषयमा विद्यावारिधि गरेका छन् । 

 साथै, उनी बोर्ड अफ ट्रष्टी र गरिबी निवारण कोषको सदस्य समेत रहेका थिए ।  अध्यक्षतामा एभरेष्ट बैंकले उल्लखनीय प्रगती गर्दै बैंकको नारा जस्तै दिगो, दरिलो र विश्वासिलो बन्दै बैंकिङ्ग क्षेत्रमा अग्रणी स्थान हासिल गर्ने विश्वास लिइएको छ । 

शुक्रबार, २४ कार्तिक २०८०, १६ : ३४

प्रतिक्रिया