काठमाडौँ - नेपाल एसबिआई बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवद्र्घन, दूर्गम क्षेत्रमा पुर्वाधार सूधार, सामाजिकरुपले पिछडिएका वर्गको आयआर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै आएको छ ।
सोही क्रममा विनाशकारी भूकम्प प्रभावितलाई राहत वितरण गर्ने उदेश्यले नेपाल एसबिआई बैंकले २० लाख रुपैंया सहयोग गरेको छ । उक्त रकमको चेक नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार देले प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यलाई बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत, राजेश कूमार पंडा, प्रमूख संचालन अधिकृत, यादवेंद« कांत, मूख्य व्यापार प्रबर्धन अधिकृत, रितेश अर्याल तथा नेपाल सरकारको उच्च तहका कर्मचारीको उपस्थितीमा प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा हस्तान्तरण गर्र्नभएको हो । यसअघि बैंकले जाजरकोट र रुकूममा भूकम्प पिडितका लागी मिति 18.07.2080मा आवश्यक खाद्य बस्तूहरु खरिद गरी सहयोग प्रदान गरेको छ ।
प्रतिक्रिया