नेपाल टेलिकमको नाफा २ अर्ब २ करोड

शनिबार, २५ कार्तिक २०८०, १३ : ०२

काठमाडौं – नेपाल टेलिकम चालु आर्थिक वर्षमा दुई अर्वभन्दा बढी नाफा कमाउन सफल भएको छ । शुक्रबार प्रकाशित  चालू आर्थिक वर्ष २०८०÷८१ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा सो कुरा उल्लेख छ ।  

सो वित्तीय विवरण अनुसार उक्त अवधिमा कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ।चालू आवको उक्त अवधिसम्मा कम्पनीले २ अर्ब २ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

यो गत आवको सोही अवधिको तुलनामा ८.९० प्रतिशतले कम  टेलिकमले जनाएको छ । गत आवको असोज मसान्तसम्ममा कम्पनीले २ अर्ब २२ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
 

शनिबार, २५ कार्तिक २०८०, १३ : ०२

प्रतिक्रिया