सेल्सबेरीले वार्षिकोत्सवको अवसरमा ल्यायो छुट अफर

शनिबार, २५ कार्तिक २०८०, १३ : १३

काठमाडौँ - सेल्सबेरी डिपार्टमेन्ट स्टोरले सेवा सुरु गरेको ३०औं वर्षको अवसरमा हरेक सामान खरिदमा आकर्षक छुट  दिने अफर ल्याएको छ ।

उक्त अवसरमा सेल्सबेरीले हरेक सामान खरिदमा १० देखि ३० प्रतिशतसम्म छुट अफर ल्याएको  बताएको छ। यो अफर शनिबार र आइतबार लागू हुनेछ । खाद्यान्नलगायत घरायसी प्रयोजनका सम्पूर्ण सामानहरूमा छुट–बहारको अफर ल्याइएको कम्पनीले बताएको छ ।

 कम्पनीका अनुसार यो छुट काठमाण्डौ र पोखराका सम्पूर्ण शाखाहरूमा उपलब्ध हुनेछ । साथै ५ हजार रुपैयाँभन्दा माथिको हरेक सामान खरिदमा विशेष उपहारको समेत व्यवस्था रहेको छ ।

 

शनिबार, २५ कार्तिक २०८०, १३ : १३

प्रतिक्रिया