यस्तो छ आज अमेरिकी डलर सहित अन्य मुद्राको सटही दर

शुक्रबार, ०१ मंसिर २०८०, ०६ : ४८

काठमाडौँ-  नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ८८ पैसा र बिक्री दर १३३ रुपैयाँ ४८ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ २७ पैसा र बिक्री दर १४४ रुपैयाँ ९२ पैसा रहेको छ। 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ २७ पैसा र बिक्री दर १६४ रुपैयाँ ९२ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५० पैसा र बिक्री दर ३६ रुपैयाँ ६६  पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।  

शुक्रबार, ०१ मंसिर २०८०, ०६ : ४८

प्रतिक्रिया