आशा लघुवित्तको सीईओ परिवर्तन

शुक्रबार, ०१ मंसिर २०८०, १० : ५३

काठमाडौँ- आशा लघुवित्त वित्तीय संस्थाले निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बद्रीप्रसाद दुलाललाई नियुक्त गरेको  छ।

कम्पनीले अर्को व्यवस्था नभएसम्मका लागि यसअघि नायव बरिष्ठ प्रमुख कार्यकारी अधिकृत रहेका दुलाललाई उक्त जिम्मेवारी दिएको बताएको छ ।

कम्पनीले यसअघि सीईओ रहेकी जया लोहनीले स्वास्थ्यको कारण देखाएर पदबाट दिएको राजीनामा गत कात्तिक ३० गतेदेखि लागू हुने गरी स्वीकृत गरेको छ ।

शुक्रबार, ०१ मंसिर २०८०, १० : ५३

प्रतिक्रिया