कुमारी बैंकको सिईओमा रामचन्द्र खनाल चयन

शनिबार, ०२ मंसिर २०८०, १० : १७

काठमाडौं। कुमारी बैंकको  शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सिईओमा रामचन्द्र खनाललाई नियुक्त गरेको छ ।  बैठकले खनाललाई सिईओ गर्न पूर्व रमेश अर्यालले दिएको राजीनामा स्वीकृत गरेको थियो। खनालले बैंकमा वरिष्ठ डेपुटी सिईओको जिम्मेवारी सम्हाल्दै आएका थिए । 

उनीसँग पहिले कुमारी बैंक हाकेको अनुभव रहेको छ। किनभने  एनसीसी मर्ज हुनु अघि कुमारी बैंकले सिईओ यिनैमा खनाल रहेका थिए। मर्जर पछि भने उनी वरिष्ठ डेपुटीको जिम्मेवारीमा थिए । 

खनाल कुमारी बैंक आउनु अघि एनआईसी एसिया क्यापिटलको सिईओ थिए। झन्डै वित्तीय क्षेत्रमा साढे ११ वर्षको अनुभव भएका उनी सिद्धार्थ र एनआईसी एसिया बैंकमा पनि उपल्लो तहमा रहेर काम गरिसेकेका छन् ।  

शनिबार, ०२ मंसिर २०८०, १० : १७

प्रतिक्रिया