ग्रीन डेभलपमेण्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा प्रकाश गुरुङ नियुक्त

आइतबार, ०३ मंसिर २०८०, ०७ : ३९

काठकाडौं ।  गण्डकी प्रदेशको पोखरामा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेण्ट बैंक लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा प्रकाश गुरुङ नियुक्त भएका छन् । दुई दशकभन्दा लामो बैंक तथा वित्तीय क्षेत्रमा कार्य अनुभव रहेका गुरुङलाई सञ्चालक समितिको बैठकले नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

वित्तीय संस्थाहरूको दीर्घकालीन व्यावसायिक योजना, रणनीति तर्जुमा तथा कार्यान्वयनमा अत्यन्त कुशल तथा नेतृत्वदायी भूमिका निर्वाह गरी कुशल व्यवस्थापकका रूपमा स्थापित गुरुङ यसअघि साईन रेसुङ्गा डेभलपमेण्ट बैंकको नायव प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रही कार्य सम्पादन गरिसकेका छन् ।

नवनियुक्त नायव प्रमुख कार्यकारी अधिकृत गुरुङले बैंकको उच्च व्यवस्थापनमा आबद्ध भई कार्य गर्ने अवसर प्राप्त गरेकोमा खुसी व्यक्त गर्दै बैंकलाई थप सबल र सुदृढ बनाउन आफ्नो अहम भूमिका रहने बताएका छन्। 

आइतबार, ०३ मंसिर २०८०, ०७ : ३९

प्रतिक्रिया